सांसदको काम कर्मचारी र प्रहरीको सरुवा गर्ने मात्र हो ? सांसद शेचरन

पाेखरा | फागुन १४, २०७९

सांसदको काम कर्मचारी र प्रहरीको सरुवा गर्ने मात्र हो ? सांसद शेचरन

पोखरा:   गण्डकी प्रदेश सभा सदस्य जीतबहादुुर शेरचनले अहिले सांसद तथा मन्त्रीहरुले सरकारी कर्मचारी तथा प्रहरीको सरुवा गर्ने काम मात्र गरेको बताएका छन् । 


गण्डकी प्रदेश सभाको पहिलो अधिवेशनको १४औं बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 


‘अहिले सांसद तथा मन्त्रीहरुको अरु काम देखिएको छैन्, सरकारी कर्मचारी र प्रहरीको सरुवा गर्ने मात्र भएको छ, शेरचनले भने, ‘अहिलेबागलुङको बुर्तिबाङ मालपोत कार्यालयमा कर्मचारी छैन्, जान मान्दैन, मालपोत पठाएको कर्मचारी मन्त्री सांसदको फोर्स लगाएर नगरपालिकामा बसेको छ ।’


प्रदेश सभामा सांसद शेरचनले सुगम र दुर्गममा भएका आफु नजिकको सरकारी कार्यालयमा सरुवा गर्ने परिपाटी रहेको बताए । 


‘सांसद मन्त्रीहरुले अहिले पनि दुर्गम जिल्लामा भएका आफु नजिक कर्मचारीहरुलाई सुगम जिल्लातिर सरुवा गर्ने गरेका छन्, उनले भने, ‘आज मन्त्रालयमा एउटा फाइल लिएर जाने हो भने, १५/२० ठाउँ हस्ताक्षर गर्न पर्छ, आवश्यक रहेको क्षेत्रमा पूर्वाधार निर्माण गर्न ४/५ ठाउँमा हस्ताक्षर गरे हुँदैन ।’


आज गण्डकी प्रदेश सभामा गण्डकी प्रदेश निजामति सेवाको गठन,सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशमा छलफल भएको थियो । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्